
- आज सुनको भाउ दुई सय रुपैयाँले बढेको छ।
- सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य १५ रुपैयाँले बढेर चार हजार नौ सय ७५ रुपैयाँ कायम भएको छ।
काठमाडौ – आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन २०० रुपैयाँले बढेर तोलाको २ लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार सुन २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज १५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गएको शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ९६० रुपैयाँ थियो
